Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा मंगलबार बिहान ८ बजे बैठक बस्न लागेको हो । बैठकमा ६ वटा कार्यसूची तय गरिएको छ ।

प्रवक्ता मनिष झाका अनुसार भोलि बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। पार्टीका सातै प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रदेश सभापतिहरूले राख्ने कार्यसूची तय गरिएको छ।

यस्तै परिवर्तित अवस्थाका सन्दर्भमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिइने झाले बताए। चौथो कार्यसूचीमा पार्टी संगठन एवं विभागबारे छ। केही रिक्त विभागहरू पूर्ति गरिने सम्भावना छ।

पाँचौं कार्यसूचीमा आगामी फागुन २१ गतेलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको रणनीतिबारे पनि छलफल हुनेछ।

त्यस्तै बैठकमा पार्टीको पहिलो महाधिवेशनबारे पनि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077