काठमाडौं । निर्वतमान प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् ।
२ असोजमा सेनाको सुरक्षाबाट बाहिर आएर भक्तपुरको गुण्डुमा घर भाडामा लिएर बसेका ओली नेता-कार्यकर्तासहित सार्वजनिक भएका हुन् ।
ओलीले त्यसयता पार्टीका अधिकांश पदाधिकारीहरूसँग निरन्तर छलफल गरिसकेका छन् ।
जेनजी आन्दोलन चर्किएपछि ओलीले गत २४ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
त्यसयता प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली सार्जनिक भएका थिएनन् ।

२ असोजमा सेनाको सुरक्षाबाट बाहिर आएर भक्तपुरको गुण्डुमा सरेपछि असोज ३ गतेदेखि पार्टीका नेताहरूसँग छलफल गरिरहेका छन् ।