Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जेनजी प्रदर्शनमा रास्वपाको उपस्थिति थियो : मनिष झा

जेनजी प्रदर्शनमा रास्वपाको उपस्थिति थियो : मनिष झा

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनीष झाले जेनजी आन्दोलनमा पार्टी सहभागी रहेको खुलासा गरेका छन्।

केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी सदस्यहरू आन्दोलनमा सहभागी भएको बताएका हुन् ।

उनले पूर्वकेन्द्रीय सदस्य सुमना श्रेष्ठ, पार्टी केन्द्रीय सदस्यहरू गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रीय सदस्यहरूको आन्दोलनमा सक्रिय भूमिका रहेको स्पष्ट पारे।

तुलनात्मक रूपमा जेनजी आन्दोलनमा सबैभन्दी बढी रास्वपाका कार्यकर्ताहरू सहभागी भएको उनको स्पष्टोक्ति छ।

झाले भने- 'हाम्रो पार्टीमा जेनजी अहिले पनि हुनुहुन्छ। हाम्रो प्रतिनिधिसभाको सचेतक नै जेनजी पुस्ताबाट हुनुहुन्छ। उहाँहरू पनि जानुभएको थियो। तत्कालीन केन्द्रीय सदस्य सुमनाजी‚ गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रीय सदस्यहरू पनि जानुभएको थियो। अरू पार्टीको तुलनामा हामी सबैभन्दा बढी उपस्थित थियौँ तर हामीले कुनै पनि ठाउँमा रास्वपाको अगुवाइ हो भनेर दाबी गरेका थिएनौँ।'

उनले भदौ २३ गतेको आन्दोलनमा पार्टीको सहभागी रहे पनि २४ गतेको घटनामा भने सहभागी नरहेको दाबी गरे। २४ गतेको घटनामा सहभागिताका लागि पार्टीले कुनै आह्वान नगरेको उनको भनाइ छ।

उनले आगजनी, लुटपाट घटनाको छानबिन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077