काठमाडौं । बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता हुने भएको छ।
राष्ट्रपति भेट्न प्रधानमन्त्री कार्की आज दिउँसो १२ बजे शीतल निवास जाने कार्यक्रम तय भएको शीतल निवास स्रोतले जनाएको छ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच आज हुने भेटवार्तामा निर्वाचनलगायत समसामायिक राजनैतिक विषयमा छलफल हुने अनुमान गरिएको छ।
जेनजी आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि गत भदौ २७ गते कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गर्दै राष्ट्रपति पौडेलले उनकै सिफारिसमा लगत्तै संसद् विघटन गरिसकेका छन्।
हालसम्म अन्तरिम मन्त्रिपरिषद्मा सदस्य संख्या ८ पुगेको छ ।