Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

मेयर बालेन शाह र प्रधानमन्त्री कार्कीबीच भेटर्वाता, के भयो कुराकानी ?

मेयर बालेन शाह र प्रधानमन्त्री कार्कीबीच भेटर्वाता, के भयो कुराकानी ?

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए ।

जवाफमा प्रधानमन्त्रीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको र निर्वाचन र सुशासनलाई आफूले केन्द्रमा राखेको बताएकी थिइन् ।

भेटमा प्रधानमन्त्री सहित सचिवालयका सदस्यहरू थिए । छलफल करिब ३० मिनेट चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077