काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा राजदूत थम्पसनले नवनियुक्त मन्त्री घिसिङलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनले नेपाल–अमेरिका सहकार्य अझ सुदृढ बनाउने विश्वास पनि व्यक्त गरे ।
सो अवसरमा द्विपक्षीय सहयोग, अमेरिकी सहायतामा सञ्चालन भइरहेका आयोजना, तथा जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री घिसिङले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन कायम गर्ने, आगामी आम चुनाव सफलतापूर्वक सम्पन्न गर्ने र आन्दोलनका कारण क्षति भएका संरचनाको द्रुत पुनर्निर्माणमा केन्द्रित रहेको स्पष्ट पारे ।