काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ ।
बिहान ११ बजेदेखि कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे विभिन्न प्रस्ताव राख्नेछन् ।
माओवादी केन्द्रभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेको समयमा भएको जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिलाई मध्यनजर गर्दै केन्द्रीय कमिटी भंग गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ ।
केन्द्रीय कमिटीको बैठकले नै महाधिवेशनको मिति तय छ । प्रचण्डलाई महाधिवेशन आयोजक समितिको संयोजक तोकेर कमिटी भंग गर्न लागिएको छ ।