Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मतदाता नामावली संकलन खुलाउन निर्वाचन आयोगको बैठक बस्दै

मतदाता नामावली संकलन खुलाउन निर्वाचन आयोगको बैठक बस्दै

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । मतदाता नामावली संकलन खुलाउन निर्वाचन आयोगको बैठक आज बस्दैछ ।

मन्त्रिपरिषद्को सिफारिसमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन ०७३ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश अनुसार मतदाता नामावली संकलन खुलाउने बारे निर्णय लिन आयोगको बैठक आज दिउँसो बस्दैछ । आजको बैठकमार्फत् त्यसबारे निर्णय हुनेछ ।

आयोगको तयारी अनुसार कातिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने र अन्तिम नामावली सार्वजनिक गर्ने गरी आयोगले तयारी गरेको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ ।

कसले कहाँबाट कहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भनेर आयोगले कार्यविधि बनाएको छ । यसलाई पास गरेर कार्यान्वयन गर्ने आयोगको तयारी छ ।

जेनजी आन्दोलनपछि विकसित घटनाक्रमपछि प्रतिनिधिसभाको निर्वाचन फागुन २१ का लागि तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077