Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

केन्द्रीय समिति बैठकमा प्रचण्ड भन्छन्- नेतृत्व हस्तान्तरण प्रक्रियामार्फत हुनुपर्छ भन्ने पक्षमा छु

केन्द्रीय समिति बैठकमा प्रचण्ड भन्छन्- नेतृत्व हस्तान्तरण प्रक्रियामार्फत हुनुपर्छ भन्ने पक्षमा छु

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा जारी छ । बैठक बिहान ११ बजे प्रज्ञा भवनमा शुरु भएको हो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्दै बाहिर प्रचार गरिएजस्तो आफूमा पदलोलूपता नभएको बताएका छन् ।

उनले भने- 'नेतृत्व हस्तान्तरण प्रक्रियामार्फत हुनुपर्छ भन्ने पक्षमा म छु। जबरजस्ती पदमा टाँसिने मान्छे म होइन।'

नेतृत्व हस्तान्तरणबारे निरन्तर छलफल हुँदै आएको उल्लेख गर्दै आफूदलाई पदमा बसिराख्नुपर्छ भन्ने नलाग्ने बताए।

फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायत एजेन्डा रहेका छन् ।

साथै विशेष महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077