काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाले यही असोज ३ गते, शुक्रबार नयाँ पासपोर्ट (राहदानी) निकालेको पत्ता लागेको छ ।
नयाँ पासपोर्ट बनाएका उनीहरुको थाइल्यान्डको भिसा पनि लागिसकेको स्रोतको दावी छ। भदौ २४ मा बुढानीलकण्ठस्थित देउवाको घर तोडफोड र आगजनी हुँदा पासपोर्ट जलेको भन्दै उनीहरुले नयाँ बनाएका थिए ।
सरकारले पासपोर्ट रोक्का गर्ने तयारी गर्दै गर्दा देउवा दम्पत्ति भने थाइल्याण्ड जाने तयारीमा थिए । देउवा दम्पती उपचारका लागि वा अरू कुनै कारण देखाएर विदेश जान सक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रलाई भने सतर्क गराएको थियो।
[insert page='369496' display='yopanipadhnuhos.php']
यसैबीच सम्पत्ति शुद्धीकरण विभाग, नेपाल प्रहरीको सिआइबी र राहदानी विभागले उनीहरूको पासपोर्ट रोक्का गर्नेबारे छलफल गरिसकेको छ ।
सम्पत्ति शुद्धीकरण विभागले राहदानी विभागलाई पत्राचार गर्यो भने उनीहरूको पासपोर्ट रोक्का हुन सक्छ।