काठमाडौं । दुई सचिव रहेको अर्थ मन्त्रालयमा सरकारले एक जना मात्र सचिव राख्ने निर्णय गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा मंगलबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयमा एक जना मात्रै सचिव राख्ने भएको हो।
यसअनुसार अर्थ मन्त्रालयमा हालका राजस्व सचिव दिनेश घिमिरेको सरुवा गरिएको छ।
घिमिरेलाई राजस्व सचिवबाट सरूवा गरेर प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवको जिम्मेवारी दिइएको छ ।
अर्थमा राजस्व सचिव अलग्गै राख्ने अभ्यास थियो । तर अहिले अर्को सचिव नचाहिने भन्दै कटौतीको प्रस्ताव गरेका थिए ।
हाल अर्थ सचिव घनश्याम उपाध्याय रहेका छन्।