काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सुरक्षा निकायका कार्यालय र आवश्यक बन्दोबस्ती सामानको व्यवस्थाका लागि सरकारले तत्कालीन काम सुरू गरिसकेको बताएकी छन् ।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सुरक्षाप्रति जनताको विश्वास पुनःस्थापना गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
“सुरक्षा निकायलाई पूर्ववत अवस्थामा फर्काउन सरकारले काम थालिसकेको छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “बन्दोबस्तीका सामान छिट्टै उपलब्ध गराउन सरकार जुटिसकेको छ ।”
उनका अनुसार स्थानीय सरकार र नागरिक समाज पनि सुरक्षा निकायका कार्यालय निर्माणमा सक्रिय रूपमा सहभागी भएका छन् ।