Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

संविधान संशोधन हाम्रो कार्यक्षेत्र होइन, निर्वाचित संसदबाटै सम्भव : प्रधानमन्त्री कार्की

संविधान संशोधन हाम्रो कार्यक्षेत्र होइन, निर्वाचित संसदबाटै सम्भव : प्रधानमन्त्री कार्की

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधनजस्ता महत्वपूर्ण कार्य निर्वाचित संसदबाटै गर्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेकी छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले संविधान संशोधन अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिर रहेको स्पष्ट पारेकी हुन् ।

“नेपालको संविधान र शासकीय प्रणालीको सुधारलगायत जेनजी आन्दोलनले उठाएका विषयहरू वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रमा पर्दैनन्,” उनले भनिन्, “युवापुस्ता तथा परिवर्तन पक्षधर आमनेपाली जनतालाई म आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न आह्वान गर्दछु ।”

जेनजी आन्दोलनरत पक्षले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र प्रदेश खारेजीको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077