Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

निर्वाचनको तयारीमा जुट्न राजनीतिक दल लगायतलाई प्रधानमन्त्री कार्कीको आह्वान

निर्वाचनको तयारीमा जुट्न राजनीतिक दल लगायतलाई प्रधानमन्त्री कार्कीको आह्वान

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन राजनीतिक दलसहित सबै पक्षलाई सक्रिय भूमिका खेल्न आह्वान गरेकी छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचन सरकारको पहिलो प्राथमिकता भएको प्रष्ट पार्दै सबै पक्षलाई साझा जिम्मेवारी निर्वाह गर्न आग्रह गरेकी हुन् ।

'स्वतन्त्र, भयरहित, निष्पक्ष निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत तथा सम्बद्ध सबैलाई सक्रियतासाथ लाग्न आह्वान गर्दछु,' प्रधानमन्त्री कार्कीले भनिन् ।

जेनजी आन्दोलनपछि गत भदौ २७ गते प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश कार्कीले विदेशस्थित नेपाली मतदातालाई मतदानमा सहभागी गराउनेबारे पनि छलफल भइरहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077