Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सबै प्रदेशमा पानी पर्ने सम्भावना, यी स्थानमा हुनेछ भारी वर्षा

सबै प्रदेशमा पानी पर्ने सम्भावना, यी स्थानमा हुनेछ भारी वर्षा

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौं । हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर साधारणतया बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागलगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी र वाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । राति, सबै प्रदेशमा साधारणतया बदली रहने छ ।

कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी, मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077