Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भैरहवामा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत आज काठमाडौं ल्याइँदै

भैरहवामा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत आज काठमाडौं ल्याइँदै

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । रुपन्देहीको भैरहवामा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौं ल्याइन लागिएको हो ।

दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुलाई चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइने भएको छ ।

वायुसेवा निगमले पनि आइतबार प्रेस विज्ञप्ति जारी गरी सरकारको विशेष निर्देशनबमोजिम असोज २० गते उद्धार उडान गरिने जनाएको थियो। ‘ए’ ३२० विमानमार्फत काठमाडौं–भैरहवा–काठमाडौं उडान हनेछ।

‘आरए’ १७३१ उडानमार्फत दिउँसो १ बजे भैरहवा जाने र उताबाट ‘आरए’ १७३२ उडानमार्फत दिउँसो २ः४५ बजे काठमाडौं फर्किने निगमले जनाएको छ। त्यसका लागि काठमाडौंबाट रु पाँच हजार र भैरहवाबाट रु सात हजार तोकिएको छ।

उद्धार उडानमा अशक्त ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077