Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदन गुरुङको चेतावनी - राजनीतिक दलहरूले आन्दोलन फुटाउन खोजे अब जनता मौन बस्दैनन्

सुदन गुरुङको चेतावनी - राजनीतिक दलहरूले आन्दोलन फुटाउन खोजे अब जनता मौन बस्दैनन्

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । आफूलाई जेनजी आन्दोलनको अगुवा बताउने सुदन गुरुङले राजनीतिक दलहरूलाई जेनजी आन्दोलनलाई विभाजित गर्ने प्रयास नगर्न कडा चेतावनी दिएका छन् ।

मंगलबार अपराह्न सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले अहिलेको अवस्था “राजनीतिक षड्यन्त्र होइन, जनचेतनाको पुनर्जागरण” भएको बताएका हुन् ।

गुरुङले भनेका छन्, 'हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौं— यो समय राजनीतिक षड्यन्त्र गर्ने होइन, अब जनता जागिसकेका छन्। हामीलाई फुटाउने कुनै पनि प्रयास नगरियोस्।'

उनले जेनजी आन्दोलनको मूल उद्देश्य सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको जनआन्दोलन भएको दोहोर्याउँदै आफूहरू हिंसात्मक गतिविधिमा विश्वास नगर्ने स्पष्ट पारेका छन्।

गुरुङले आरोप लगाउँदै भनेका छन्, 'हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधि भड्काइँदै छ। त्यस्तो कार्य गर्नेहरूले कानुनअनुसार सजाय भोग्नुपर्नेछ।'

उनका अनुसार जेनजी आन्दोलन सधैं शान्तिपूर्ण र जनमुखी रहनेछ। उनले आन्दोलनमा संलग्न सबैलाई संयमित रहन र हिंसात्मक कार्य हुन नदिन आग्रह गरेका छन्।

त्यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र सुदन गुरुङलाई पक्राउ गर्नुपर्ने मागसहित एमाले निकट अनेरास्ववियुका प्रतिनिधिहरू काठमाडौं जिल्ला प्रहरी परिसर पुगेका छन्। उनीहरूले दुबै नेतामाथि हालैका गतिविधिका कारण कानुनी कारबाहीको माग गरेका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077