Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

नवनियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

नवनियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

गृहमा फर्किए सुदन, महावीरले पाए विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

मंगलबार अपरान्हमा नवनियुक्त मन्त्रीहरु सुदन गुरुङ र महावीर पुनले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीद्वयलाई शपथग्रहण गराएका हुन् ।

यसअघि ०८२ चैत १३ गते सुधन गृहमन्त्री बनेका थिए । प्रहरीको हिरासतमा रहेका विचौलिया दीपक भट्टसँग सझोदारी गरेको र सम्पत्ति विवरण भर्दा छलछाम गरेको आरोप लागेपछि उनले बैशाख ९ गते गृहमन्त्री पदबाट राजिनामा दिएका थिए । 

त्यसपछि सरकारले उनीमाथि छानविन गर्न पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति समिति बनाएको थियो । उक्त छानबिन समितिले उनलाई क्लिन चिट दिएको थियो ।

क्लिन चिट पाएसँगै गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्काइएको हो ।

यता स्वतन्त्र सांसद महावीर पुन पनि मन्त्री बनेका हुन् । उनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवजारी दिइएको हो । सरकारले मन्त्रालयको संख्या घटाएसँगै नयाँ मन्त्रालय बनाएको थियो । 

पुन यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्री बनेका थिए । फागुन २१ को चुनाव अगावै महावीरले राजीनामा दिएर गृहजिल्ला म्याग्दीबाट स्वतन्त्रबाट चुनाव लडेका थिए ।

नवनियुक्त मन्त्रीहरुले आजै नवनियुक्त सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्ने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077