काठमाडौं । जेनजी आन्दोलनपछि क्षमा याचनासहित स्वेच्छिक अवकाश लिन शीर्ष नेतृत्वलाई ३० जना नागरिक अगुवाहरुले अपिल गरेका छन्।
आज एक अपिल जारी गर्दै नागरिक अगुवाहरुले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुलाई अवकाश लिन अपिल गरेका हुन्।
उनीहरूले राजनीतिक दलहरूलाई पनि निर्वाचनमा सहभागी नहुन भन्दै अपिल गर्नुका साथै निर्धारित मितिमै चुनाव सुनिश्चित गर्न पनि आग्रह गरेका छन्।
अपिलमा भनिएको छ- 'विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्व ९सभापतिरअध्यक्ष० ले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुपर्छ । यो केवल कुनै दल विशेषको औचित्य र भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन राजीनामा र स्वेच्छिक अवकाश अपरिहार्य भएको वास्तविकता पनि स्पष्ट पार्न चाहन्छौं ।'