Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गृहमन्त्री अर्याललाई राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गर्नुपर्छ : महेश बर्तौला

गृहमन्त्री अर्याललाई राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गर्नुपर्छ : महेश बर्तौला

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । नेकपा एमालेका नेता तथा निवर्तमान सचेतक महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि गम्भीर आरोप लगाउँदै तत्काल गिरफ्तार गर्नुपर्ने माग गरेका छन् । उनले हालका गृहमन्त्री अर्याललाई “राज्यविरुद्धको अपराधका योजनाकार” भएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बर्तौलाले भनेका छन्, 'प्रहरीबाट लुटिएका हतियारहरू (बन्दुक र गोली) कहाँ र कोसँग छन् भन्ने जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिशत रूपमा छ। भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागका साथ जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनियोजित घुसपैठ गरि हिंसा र विध्वंस मच्चाउने कामका उनी चौबीसै क्यारेटका स्टेकहोल्डर हुन्।'

बर्तौलाले गृहमन्त्री अर्यालमाथि देशका मुख्य संवैधानिक र प्रशासनिक संरचनामाथि आक्रमण गर्न भूमिका खेलेको आरोप पनि लगाए। 'सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार आयोग र प्रहरी चौकीहरूमा आगो लगाउने काम नेपाल राष्ट्रविरुद्ध निर्देशित योजनाका अंश हुन्,' उनले भने, “त्यो योजनाको नक्साकार अर्याल स्वयं हुन्।'

उनका अनुसार गृहमन्त्रीले पदभार ग्रहण गरेलगत्तै फौजदारी अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही नगर्न लिखित निर्देशन दिएको थियो। “पर्याप्त प्रमाण रहँदा पनि दोषीमाथि कारबाही नगर्नु गम्भीर आपराधिक आचरण हो,” उनले भने।

बर्तौलाले भने, 'शुद्ध नेपाली जेन–जीहरूले पनि बुझ्नुपर्छ — शान्तिपूर्ण आन्दोलनभित्रको घुसपैठकै कारण अर्यालले सजिलै गृहमन्त्री पद पाएका हुन्। उनले अपराधीहरूको संरक्षण गर्दै मुलुकलाई अराजकता, दण्डहीनता र आपराधिक प्रवृत्तिको खतरनाक दिशातर्फ धकेलेका छन्।'

उनले तत्काल गृहमन्त्री अर्याललाई पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा पक्राउ गरी निष्पक्ष अनुसन्धान सुरु गर्न सरकारसँग माग गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077