Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रधानमन्त्रीको बैठकले संसद् पुनर्स्थापनाको औचित्य पुष्टि गर्‍यो : महेश बर्तौला

प्रधानमन्त्रीको बैठकले संसद् पुनर्स्थापनाको औचित्य पुष्टि गर्‍यो : महेश बर्तौला

सोमवार , पौष ७, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले प्रधानमन्त्रीले सोमबार बोलाएको बैठकले नै संसद् पुनर्स्थापना गर्ने मागको सान्दर्भिकता र औचित्य पुष्टि भएको बताएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बर्तौलाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित बैठकमा प्रस्तुत गरिएको सरकारी प्रस्तावले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने कुरा औपचारिक रूपमा स्पष्ट भएको दाबी गरेका छन्।

“प्रधानमन्त्रीले आज बोलाएको बैठकले नै संसद् पुनर्स्थापना गर्ने मागको सान्दर्भिकता र औचित्यता पुष्टि गरेको छ,” उनले लेखेका छन्, “निर्वाचनको मिति आउन जम्मा ७२ दिन मात्रै बाँकी रहँदा पनि उक्त प्रस्तावमार्फत फागुन २१ गते निर्वाचन हुँदैन र गरिँदैन भन्ने कुरा औपचारिक रूपमा घोषणा भएको छ।”

बैठकमा एमालेको तर्फबाट आफू पनि सहभागी भएको उल्लेख गर्दै बर्तौलाले राजनीतिक दल, नागरिक समाज र निर्वाचन आयोगलाई समेत सहभागी गराएर प्रस्तुत गरिएको प्रस्तावले निर्वाचनप्रति सरकार गम्भीर नभएको सन्देश दिएको बताएका छन्।

उनका अनुसार मुलुकमा विद्यमान जटिल परिस्थितिको संवैधानिक निकासका लागि तत्काल संसद् पुनर्स्थापना गर्नु अब केवल संवैधानिक र कानुनी आवश्यकता मात्र नभई व्यावहारिक तथा राष्ट्रिय आवश्यकता समेत बनेको छ।

'खेल सुरु भइसकेपछि खेलाडीको अनुहार हेरेर पाइलैपिच्छे सर्वस्वीकार्यताविपरीत नियम फेरबदल गर्न सकिँदैन,' बर्तौलाले लेखेका छन्, 'त्यो खेलको स्वच्छता, निष्पक्षता र निर्भयताका लागि हुँदैन।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077