काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारको अनुसन्धानमा भण्डारीले एमआरआई मेसिन लगायत अस्पतालका विभिन्न उपकरण खरिदमा घोटाला गरेको खुलेको छ ।
यस प्रकरणमा भण्डारीसहित १३ जना प्रतिवादी छन्।
भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी पनि हुन्। उनी हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गर्छिन्।
भण्डारी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि उपकुलपति भएकी थिइन्।