काठमाडौं । धादिङमा बस र टिपर ठोक्किदा ११ जना घाइते भएका छन् ।
पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा दुर्घटना भएको हो ।
बिहानि करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पुर्याइएको छ ।
घाइतेहरुको अवस्था मध्यमदेखि सामान्य छ । दुर्घटनामा परेको बसको अगाडिको भागमा क्षति भएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।