Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

पाकिस्तान–अफगानिस्तान सीमामा भीषण झडप

पाकिस्तान–अफगानिस्तान सीमामा भीषण झडप

आइतवार , आश्विन २६, २०८२

एजेन्सी । पाकिस्तान र अफगानिस्तानबीचको सीमाक्षेत्रमा शनिबार राति तीव्र सशस्त्र झडप भएको छ ।

गत साता अफगान राजधानी काबुलमा गरिएको पाकिस्तानी हवाई हमलापछि तालिबानले पाकिस्तानी सैन्य चौकीहरूमा आक्रमण थालेको हो ।

अफगानिस्तानका विभिन्न प्रान्तका वरिष्ठ तालिबान अधिकारीहरूले पाकिस्तानी सेनामाथि जवाफी कारबाही सुरु गरिएको पुष्टि गर्दै, दक्षिणी प्रान्त हेल्मन्दमा दुई पाकिस्तानी सीमा चौकी कब्जा गरिएको दाबी गरेका छन्।

पाकिस्तानी सुरक्षा अधिकारीहरूले पनि सीमाक्षेत्रमा व्यापक झडप भएको स्वीकार गर्दै बलपूर्वक प्रतिकार जारी रहेको बताएका छन्।

यसअघि बिहीबार अफगानिस्तानको राजधानी काबुल र दक्षिण–पूर्वी प्रान्तहरूमा विस्फोटका घटना भएका थिए। त्यसपछि तालिबान नेतृत्वले पाकिस्तानमाथि सार्वभौमसत्ता उल्लंघन गरेको आरोप लगाउँदै चेतावनी दिएको थियो ।

काबुलस्थित रक्षा मन्त्रालयले पाकिस्तानको हवाई आक्रमणलाई “अफगान भूमिमा प्रत्यक्ष हस्तक्षेप” भन्दै त्यसको जवाफ दिनुपर्ने जनाएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077