Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्दै राष्ट्रिय सभाध्यक्ष दाहाल

प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्दै राष्ट्रिय सभाध्यक्ष दाहाल

आइतवार , आश्विन २६, २०८२

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने भएका छन्।

अध्यक्ष दाहाल प्रधानमन्त्री कार्कीलाई भेट्न प्रधानमन्त्रीकै कार्यालय, सिंहदरबार जान लागेका हुन्।

अध्यक्ष दाहालले स्विट्जरल्यान्डको जेनेभामा हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू) को असोज ३१ गतेको कार्यक्रममा सहभागी हुने बताइएको छ ।

त्यसअघि उनले प्रधानमन्त्रीसँग भेटवार्ता गर्न लागेका संघीय संसद् सचिवालय स्रोतले जनाएको छ ।

तर, अंतरिम सरकारले मुलुकमा संकट परेका बेला कम महत्त्वका विदेश भ्रमण स्वीकृत नगर्ने भनेर पहिलै भनिसकेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077