Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आईपीयूको सम्मेलनमा सहभागी हुन जेनेभा जाँदै राष्ट्रिय सभा अध्यक्ष दाहाल

आईपीयूको सम्मेलनमा सहभागी हुन जेनेभा जाँदै राष्ट्रिय सभा अध्यक्ष दाहाल

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनका लागि नेपालको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहाल सहभागी हुने भएका छन् ।

सम्मेलनमा भाग लिन दाहाल यही असोज ३१ गते जेनेभा प्रस्थान गर्दैछन् । दाहाल नेतृत्वको टोलीमा राष्ट्रिय सभा सदस्य र कर्मचारी गरेर थप पाँच जना हुनेछन् ।

यो विषयमा आइतबार राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा आईपीयूमा उठाउने विषयमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री कार्कीले बदलिएको नेपालको पछिल्लो अवस्थाबारे राम्रोसँग विषय राख्न अध्यक्ष दाहाललाई सुझाव दिएकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077