Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानका ५८ सैनिक मारेको तालिबानको दाबी

पाकिस्तानका ५८ सैनिक मारेको तालिबानको दाबी

आइतवार , आश्विन २६, २०८२

एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले शनिबार राति पाकिस्तानमा गरिएको आक्रमणमा त्यहाँका ५८ सैनिक मारिएको दाबी गरेको छ ।

आइतबार काबुलमा पत्रकार सम्मेलन गर्दै तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ५८ सैनिकको मृत्य र ३० जना घाइते भएको दाबी गरेका हुन् ।

'जवाफी कारबाहीमा २० पाकिस्तानी चौकी कब्जा गरिएको थियो, तर लडाइँ समाप्त भएपछि फिर्ता गरियो,' मुजाहिदले भने ।

पाकिस्तानले तीन दिनअघि अफगानिस्तानमा गरेको हवाई आक्रमणको बदलास्वरूप उक्त कारबाही गरिएको तालिबानले जनाएको छ।

जबिहुल्लाह मुजाहिदले गरेको दाबीमा पाकिस्तानबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077