Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानले गर्‍यो अफगानी तालिबानविरूद्ध 'खुला युद्ध' घोषणा

पाकिस्तानले गर्‍यो अफगानी तालिबानविरूद्ध 'खुला युद्ध' घोषणा

शुक्रवार , फाल्गुण १५, २०८२

एजेन्सी । एजेन्सी । पाकिस्तानले अफगानी तालिबानविरुद्ध खुला युद्ध घोषणा गरेको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ ले सामाजिक सञ्जाल ‘एक्स’मार्फत इस्लामावादको धैर्यता समाप्त भएको उल्लेख गर्दै तालिबानविरुद्ध कडा सैन्य कारबाही सुरु गरिएको घोषणा गरेका हुन्।

बिहीबार राति अफगानिस्तानले पाकिस्तानको सीमा क्षेत्रका ६ भन्दा बढी ठाउँमा हमला गरेको थियो। यसलाई तालिबान सरकारले गत आइतबार पाकिस्तानले अफगानिस्तानसँगको सीमा क्षेत्रमा गरेको हमलाको जबाफ भनेको छ।

गएराति अफगानिस्तानको हमलामा ५५ पाकिस्तानी सेना मारिएको र केही सैनिकलाई नियन्त्रणमा लिएको पनि तालिबानका सहायक प्रवक्ता हमदुल्लाह फिरातले बताएका छन्।

पाकिस्तानले शुक्रबार बिहानै अफगानिस्तानको काबुल, पक्तिका र कान्दाहारका विभिन्न क्षेत्रमा हवाई हमला गरेको पनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077