एजेन्सी । पाकिस्तानका पूर्वसेनाप्रमुख जनरल कमर जावेद बाजवाको शनिबार निधन भएको छ।
६५ वर्षका बाजवा गत महिना आफ्नै घरको बाथरुममा चिप्लिएर लड्दा टाउकोमा गम्भीर चोट लागेपछि उपचाररत थिए ।
उनी रावलपिन्डीस्थित सैन्य अस्पतालको आईसीयूमा भर्ना गरिएका थिए। चिकित्सकहरूले उनको शल्यक्रिया समेत गरेका थिए र प्रारम्भिक रूपमा सफल भएको बताएका थिए।
तर, त्यसपछि स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि अन्ततः उनको निधन भएको हो। बाजवा सन् २०१६ देखि २०२२ सम्म पाकिस्तान सेनाको प्रमुखका रूपमा कार्यरत थिए।