एजेन्सी । अफगानिस्तानले पाकिस्तानमाथि देशको राजधानी काबुलमा रहेको एक लागुऔषध प्रयोगकर्ताहरूको अस्पतालमा आक्रमण गरेको छ ।
अफगानिस्तानका सरकारी उप–प्रवक्ता हमदुल्लाह फित्रतले एक्समा एक पोस्ट गर्दै स्थानीय समयअनुसार राति करिब ९ बजे गरिएको हवाई आक्रमणले अस्पतालमा क्षति पुर्याएको बताएका हुन् ।
आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको छ । २५० घाइते भएका छन् । पूर्वी अफगानिस्तानमा गरिएका आफ्ना आक्रमणहरूले कुनै पनि नागरिक क्षेत्रलाई निशाना नबनाएको पाकिस्तानले जनाएको छ ।
दुई हजार बेड क्षमताको उक्त संरचनाका ठूला खण्डहरू ध्वस्त पारिएको दाबी गरिएको छ ।