Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काबुलको सुधार केन्द्रमा पाकिस्तानको आत्मघाती हमला, २६९ जनाको मृत्यु

काबुलको सुधार केन्द्रमा पाकिस्तानको आत्मघाती हमला, २६९ जनाको मृत्यु

बुधवार , बैशाख ३०, २०८३

एजेन्सी । काबुलस्थित एक लागूऔषध दुर्व्यसनी सुधार केन्द्रमा दुई महिनाअघि भएको हवाई आक्रमणमा कम्तीमा २६९ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्र संघको नयाँ प्रतिवेदनले उक्त आक्रमणमा उपचाररत बिरामी र स्वास्थ्यकर्मीहरू मारिएको पुष्टि गरेको हो ।

प्रतिवेदनअनुसार मार्च १६ मा ‘ओमिद ड्रग रिह्याबिलिटेसन हस्पिटल’ मा तीनवटा शक्तिशाली बम प्रहार गरिएको थियो। विस्फोट यति भीषण थियो कि अधिकांश शवहरू पहिचान गर्नसमेत कठिन भएको जनाइएको छ।

संयुक्त राष्ट्र संघले २६९ जनाको मृत्यु पुष्टि गरे पनि वास्तविक संख्या अझ बढी हुन सक्ने उल्लेख गरेको छ।

पाकिस्तानी सेना ले उक्त केन्द्रलाई 'आतंकवादीहरूको अखडा' तथा 'आत्मघाती बमवर्षक तालिम केन्द्र' भएको दाबी गर्दै आक्रमणको बचाउ गरेको छ।

तर बीबीसी सँग कुरा गरेका ३० भन्दा बढी पीडित परिवार र प्रत्यक्षदर्शीहरूले उक्त दाबी अस्वीकार गरेका छन्। उनीहरूका अनुसार मारिने अधिकांश व्यक्ति सामान्य नागरिक, उपचाररत बिरामी तथा केन्द्रका कर्मचारी थिए।

मानवअधिकार संस्था ह्युमन राइट्स वाचले घटनालाई 'गैरकानुनी आक्रमण' तथा 'सम्भावित युद्ध अपराध' को संज्ञा दिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077