Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फेरि इरान पुगे पाकिस्तानका गृहमन्त्री मोहसिन

फेरि इरान पुगे पाकिस्तानका गृहमन्त्री मोहसिन

बिहिवार , जेठ ७, २०८३

एजेन्सी । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी फेरि इरान पुगेका छन् । गृहमन्त्री मोहसिन नक्वी यसअघि पनि ४ दिन इरानमा बिताएर गत मंगलबार मात्र स्वदेश फर्किएका थिए। तर फेरि उनी इरान पुगेका हुन् । 

पाकिस्तानको गृह मन्त्रालयका एक अधिकारीले बीबीसी उर्दुलाई बताएअनुसार गृहमन्त्रीको भ्रमण ‘अघिल्लो भ्रमणसँग सम्बन्धित छ र एजेन्डा अमेरिका र इरानबिच वार्ता पुनः सुरु गर्नु हो।’


इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सी तस्निमले पनि पाकिस्तानका गृहमन्त्री इरान पुगेको पुष्टि गरेको छ।


मंगलबार इरानबाट फर्केपछि गृहमन्त्री नक्वीले आफ्ना प्रधानमन्त्री सहबाज सरिफ र फिल्ड मार्सल असीम मुनिरलाई भेटवार्ताबारे जानकारी गराएका थिए।

यद्यपि यस विषयमा पाकिस्तान सरकारले धेरै जानकारी सार्वजनिक गरेको छैन। पाकिस्तानले इरान र अमेरिकालाई मिलाउन मध्यस्थता गरिरहेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077