Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानका गृहमन्त्री ‘अचानक’ किन गए इरान ?

पाकिस्तानका गृहमन्त्री ‘अचानक’ किन गए इरान ?

शनिवार , जेठ २, २०८३

एजेन्सी । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी पूर्वसूचनाबिनै इरानको राजधानी तेहरान पुगेका छन् । क्षेत्रीय तनाव चर्किरहेका बेला भएको उनको आकस्मिक भ्रमणलाई कूटनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।

बीबीसी फारसीका अनुसार इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले नक्वी शनिबार तेहरान आइपुगेको पुष्टि गर्दै उनले इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएको छ ।

पाकिस्तान पछिल्लो समय इरान र संयुक्त राज्य अमेरिकाबीच मध्यस्थकर्ताको भूमिकामा देखिएको छ । केही समयअघि दुई पक्षबीच पाकिस्तानमै वार्ताको प्रयास गरिएको भए पनि कुनै ठोस निष्कर्ष निस्किएको थिएन ।

हाल इरान र अमेरिकाबीच दोस्रो चरणको संवाद गराउने प्रयास भइरहे पनि आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र प्रतिबन्धका विषयमा बढ्दो मतभेदका कारण प्रक्रिया जटिल बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यही संवेदनशील अवस्थामा पाकिस्तानी गृहमन्त्रीको तेहरान भ्रमणलाई तनाव कम गर्ने कूटनीतिक पहलका रूपमा हेरिएको छ । यद्यपि भ्रमणको औपचारिक एजेन्डा सार्वजनिक गरिएको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077