Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरान–तनावका बीच साउदीमा पाकिस्तानको ठूलो सैन्य तैनाथी

इरान–तनावका बीच साउदीमा पाकिस्तानको ठूलो सैन्य तैनाथी

सोमवार , जेठ ४, २०८३

एजेन्सी । इरानसँगको बढ्दो तनावका बीच पाकिस्तानले साउदी अरेबियामा ठूलो संख्यामा सैनिक र सैन्य उपकरण तैनाथ गरेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था  रोयटर्सका अनुसार पाकिस्तानले करिब ८ हजार सैनिकसहित लडाकु विमान र हवाई रक्षा प्रणाली साउदी अरेबियामा पठाएको हो। यो तैनाथी दुई देशबीचको रक्षा सम्झौताअन्तर्गत गरिएको बताइएको छ।

रिपोर्टमा उल्लेख भएअनुसार पाकिस्तानले करिब १६ जेएफ–१७ लडाकु विमान, एक ड्रोन स्क्वाड्रन तथा चीनमा निर्मित एचक्यू–९ वायु रक्षा प्रणालीसमेत साउदीमा परिचालन गरेको छ। ती प्रणालीहरू पाकिस्तानी सेनाले सञ्चालन गर्ने र खर्च साउदी अरेबियाले व्यहोर्ने व्यवस्था रहेको जनाइएको छ।

सैन्य स्रोतका अनुसार आवश्यक परेमा पाकिस्तानले थप फौज पठाउन सक्ने विकल्पसमेत खुला राखेको छ। यद्यपि हालसम्म पाकिस्तान सेना, विदेश मन्त्रालय वा साउदी सरकारबाट यसबारे आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

यसैबीच, क्षेत्रीय तनाव अझ चुलिँदै जाँदा इरानले होर्मुज स्ट्रेटमा जारी अवरोध अन्त्य गर्न अमेरिकालाई आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077