Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युद्धविराम घोषणाको अघिल्लो दिन काबुलमा पाकिस्तानले ड्रोन हमला गरेको दाबी

युद्धविराम घोषणाको अघिल्लो दिन काबुलमा पाकिस्तानले ड्रोन हमला गरेको दाबी

शुक्रवार , आश्विन ३१, २०८२

एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले बिहीबार पाकिस्तानले युद्धविराम घोषणाको अघिल्लो दिन काबुलमा दुईवटा ड्रोन हमला गरेको दाबी गरेको छ ।

यो हमला दुई छिमेकी राष्ट्रहरूले युद्धविरामको घोषणा गर्नु भन्दा ठीक अगाडि भएको थियो । हालैका दिनमा भएको भिडन्तमा दुवै देशमा दर्जनौँको मृत्यु भएको र सयौँ घाइते भएका थिए ।

बुधबारको युद्धविरामले सन् २०२१ यता यी दुई छिमेकीहरूबीचको सबैभन्दा घातक झडपलाई कम्तीमा अस्थायी रूपमा रोकेको छ ।

सन् २०२१ मा, २० वर्षको युद्धपछि अमेरिका र नेटो सेनाहरू फर्किरहेका बेला पश्चिमी समर्थित सरकारको पतन भएपछि तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो ।

काबुलको पछिल्लो आरोपबारे इस्लामाबादबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077