Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको सकुशल उद्धार

पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको सकुशल उद्धार

सोमवार , आश्विन २७, २०८२

रौतहट । रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।

जिल्लाको गौर नगरपालिकामा गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठा रहेका छन् ।

घाँस काट्नका लागि सात जना समूहगत रुपमा गौरतर्फ जाँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले सकुशल उद्धार गरेका छन् ।

नेपाल प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो ।

पोस्र्टमाटमका लागि तीनै जना बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077