Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भौगोलिक रुपमा नेपाल सुन्दर भएपनि जोखिमपूर्ण छ: गृहमन्त्री अर्याल

भौगोलिक रुपमा नेपाल सुन्दर भएपनि जोखिमपूर्ण छ: गृहमन्त्री अर्याल

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

२०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्यूनिकरणको महत्व बोध गराएको उनले बताए।

भौगोलिक रुपमा नेपाल सुन्दर भएपनि जोखिमपूर्ण रहेको उनको भनाई छ। नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खा लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्हरूको उच्च जोखिम रहेको उनले बताए। संविधान, राष्ट्रिय नीति तथा कानूनहरूले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरू सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको उनले जानकारी दिए।

उनले भने- 'केन्द्रदेखि स्थानीय तहसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका थुप्रै संयन्त्रहरू क्रियाशील छन् । सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चार जगत्, नागरिक समाजलगायतको समन्वयात्मक, सहकार्यत्मक र सहभागितात्मक क्रियाशीलताले विपद् व्यवस्थापनको कार्यहरूले सफलता पाउँदै गएका छन् ।'

केन्ददेखि स्थानीय तहसम्म विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा विभिन्न संयन्त्रहरू क्रियाशिल रहेको उनको भनाई छ। उनले बाढी तथा डुवानजस्ता जोखिमहरूको पूर्व जानकारीका लागि अर्ली वार्निङ सिस्टमको विस्तार गरिएको पनि जानकारी दिए।

उनले समुदायको अग्रसरताविना विपद् न्यूनिकरण सम्वभ नभएको बताउँदै विद्यालयस्तरदेखि स्थानीय तहसम्म सचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिएको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077