Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्यबारे गृहमन्त्री अर्यालले लिए जानकारी

रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्यबारे गृहमन्त्री अर्यालले लिए जानकारी

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा भएको सवारी दुर्घटनाका घाइतेलाई भेट्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिएका हुन् ।

फागुन १८ गते रामेछाप नगरपालिका-२ सिरुबारीमा निर्वाचन सामग्री बोकेको ना। ७ ख ६७६८ नम्बरको गाडी सडकबाट करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु र सात जना घाइते भएका थिए।

उक्त मतदान अधिकृत डोरप्रसाद घिमिरे र प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको निधन भएको थियो ।

घाइतेमध्ये एक जनाको आईसीयूमा र अन्यको मेडिकल वार्डमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

गृहमन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077