धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले अत्तरियामा भएको हतियार प्रहार घटनामा उत्कृष्ट सक्रियता देखाउने प्रहरी टोलीलाई पुरस्कृत गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दसहित आठजना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको हो ।
डडेल्धुराका गौरव ऐरमाथि धारिलो हतियार प्रहार गर्ने समूहका सदस्यहरू भारततर्फ भागिसकेको अवस्थामा पक्राउ गरी ल्याएपछि उक्त टोलीलाई पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरुलाई रेकर्डमा दर्ता हुने गरी नगदसहित पुरस्कृत गरिएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेती र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले ‘गोब्रा सरकार’का नाममा परिचित सन्नी भनिने भीम नेपालीसहितका १२ जनालाई भारतीय सीमावर्ती बजारबाट पक्राउ गरेको थियो ।
पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।