काठमाडौँ । एमाले नेता योगेश भट्टराईले निकट भविष्यमा ‘बैगुनी केटो’ नामक फेसबुक र युट्युब च्यानल सञ्चालन गर्ने घोषणा गरेका छन् । उनले एक पत्रिकासँग कुराकानी गर्दै यस्तो घोषणा गरेका हुन् ।
भट्टराईले भने-'यो मेरो ट्याग नेम नै जस्तो भयो । धेरैले मलाई यही नामले पनि चिने। यो म भन्दा माथिका अग्रज र अभिभावहरूले दिएको उपनाम हो, जसलाई मैले आत्मसात गरेको छु।'
उनले बताएअनुसार, उक्त च्यानलमार्फत आफ्नो दृष्टिकोण, विचार र पार्टीसँग सम्बन्धित कुरा व्यापक दर्शकवर्गसम्म पुग्ने अपेक्षा राखिएको छ।
ओलीसँगको सम्बन्धबारे भट्टराईले स्पष्ट गर्दै भने, “हाम्रो सम्बन्ध धेरै निकट वा विकट भने होइन। आपसी समझदारीका आधारमा अघि बढिरहेका छौं।”