Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योगेश भट्टराईको व्यंग्यात्मक कविता: बादल मडारियो, मुसलधारे वर्षा भयो, हामी हेरेको हेर्यै

योगेश भट्टराईको व्यंग्यात्मक कविता: बादल मडारियो, मुसलधारे वर्षा भयो, हामी हेरेको हेर्यै

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले संसदमा दिएको अभिव्यक्तिका कारण आन्तरिक विवाद भइरहेका बेला उपमहासचिव योगेश भट्टराईले व्यंग्यात्मक शैलीमा कविता लेखेका छन् ।

उपमहासचिव भट्टराईले बादलको अभिव्यक्तिप्रति सङ्केत गर्दै ‘बादल मडारिएको र जबज निथ्रुक्कै भिजेको’टिप्पणी गर्दै व्यंग्यात्मक शैलीमा कविता लेखेका हुन् ।

उपमहासचिव भट्टराईले बिहीबार बिहान सामाजिक सञ्जालमा बादलका विषयमा ‘छोटकरी कविता’लेख्दै भनेका छन्-

बादल मडारियो

मुसलधारे वर्षा भयो

जबज निथ्रुक्कै भिज्यो

मदन तीन छक्क पर्नुभयो

हामी हेरेको हेर्‍यै भयौ ?

(स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ)

गत फागुन २१ को कमजोर निर्वाचन परिणाम र पार्टी पुनर्गठनको मुद्दा चर्किँदै गएका बेला पार्टीका शीर्ष नेताहरू एकपछि अर्को गर्दै आरोप-प्रत्यारोपमा उत्रेका छन् ।

गत साता एमाले कार्यवाहाक अध्यक्ष तथा संसदीय दलका नेता  ‘बादल’ले प्रतिनिधि सभाको पहिलो बैठकमा ‘रास्वपाले सेना, विदेशी शक्ति र कर्मचारीतन्त्रको सहयोगमा करिब दुईतिहाइ बहुमत ल्याएको’ अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिप्रति उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई, नेताहरू सुरेन्द्र पाण्डे लगायतले आपत्ति जनाएका थिए ।

बादलले दिएको अभिव्यक्तिबारे भोलिपल्ट शुक्रबार बसेको एमाले सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल गरेको थियो। 

त्यसलगत्तै चैत २० गते शुक्रबार एमाले सचिवालय बैठक बसेर चुनावी परिणाम स्वीकार गर्ने र नेपाली सेना व्युरोक्रेसी लगायतलाई पार्टीले हेर्ने दृष्टिकोणमा कुनै बदलाव नआएको प्रस्ट पारेको थियो ।

तर बादल अझै पनि सच्चिएका छैनन्। 

बुधबार मात्रै पनि बादलले पोखरामा आफूले संसद्मा दिएको अभिव्यक्ति पार्टी नीति र निर्णय अनुसार नै भएको दोहोर्‍याएका थिए।  

साथै बालेन्द्र शाह नेतृत्वको सरकारलाई बारबरा सरकारको उपमा दिँदै पश्चिमा शक्तिहरूले नै यो सरकार निर्माण गरेको गम्भीर आरोप लगाएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077