Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योगेश भट्टराईले मागे निर्वाचन परिणामबारे तीन सुझाव, सुझावका आधारमा आगामी रणनीति तय गर्ने

योगेश भट्टराईले मागे निर्वाचन परिणामबारे तीन सुझाव, सुझावका आधारमा आगामी रणनीति तय गर्ने

सोमवार , चैत्र ९, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको परिणामबारे कारण पहिचान गर्न सुझाव माग गरेका छन्।

सोमबार उनले सामाजिक सञ्जालमार्फत पार्टीको अवस्थाबारे समीक्षा आवश्यक रहेको उल्लेख गर्दै राय-सुझाव संकलन सुरु गरेका हुन्।

उनले निर्वाचनको नतिजाले पार्टीलाई ठूलो धक्का पुगेको र यसको वस्तुनिष्ठ समीक्षा अनिवार्य भएकोमा जोड दिएका छन् । 

'फेरि पनि एमालेको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पसहित अघि बढ्नु पर्दछ । समीक्षा मार्फत जिम्मेवारी किटान गर्नुका साथै जबाफदेहिताको प्रश्न हल हुनेछ । यसका लागि निम्न विषयमा राय, सुझाव, टिप्पणी पठाउन अनुरोध गर्दछु,' उनले लेखेका छन् ।

सामाजिक सञ्जालमार्फत आम नेता-कार्यकर्ता, बुद्धिजीवी तथा शुभेच्छुकहरूसँग उनले मागेका सुझावमा ‘पहिलो, निर्वाचनमा पार्टीको कमजोर नतिजाका कारण–नीति, नेतृत्व, संगठन, कार्यशैली, व्यवस्थापन, एजेन्डा र प्रचारलगायत आन्तरिक तथा बाह्य पक्षको विश्लेषण । दोस्रो, पार्टी रूपान्तरणका लागि आवश्यक सुधारका ठोस प्रस्ताव तथा त्यसको विधि र प्रक्रिया । तेस्रो, पार्टीका सबल र कमजोर पक्षसहित भविष्यको सम्भावनाबारे धारणा’ रहेका छन् । 

यस क्रममा उनले पार्टी संरचनाभित्र जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्नुपर्ने उल्लेख गर्दै सुझावमार्फत समाधान खोज्ने प्रयास गर्नुपर्ने धारणा राखेका छन्।

उनले पार्टी पंक्तिलाई तीन मुख्य प्रश्नमा केन्द्रित भई आफ्ना धारणा इमेल र व्हाट्सएपमार्फत पठाउन अनुरोध गरेका छन्। उक्त सुझावहरूका आधारमा पार्टीभित्र थप समीक्षा र आगामी रणनीति तय गर्ने जनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077