Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकको सुरुको दिन असोज २८ गते सभापति शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठक त्यसयता कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ। देउवाले त्यही दिन कार्यकारी भूमिका त्यागेको घोषणा गर्दै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।

त्यसको भोलिपल्ट असोज २९ गते एक दिन स्थगन गरिएको कांग्रेस केन्द्रीय समितिको बैठक ३० गतेदेखि निरन्तर जारी छ।

शनिबार पनि केन्द्रीय सदस्य धारणा राख्ने क्रम जारी रहनेछ ।

शुक्रबार २१ केन्द्रीय सद्स्य र ४ प्रदेश सभापतिले धारणा राखेका थिए । बिहीबार ७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

अब आज बाँकी केन्द्रीय सदस्यले धारणा राख्नेछन्। महामन्त्री गगन थापाले मंसिरमै नियमित महाधिवेशन गर्ने प्रस्ताव राखे पनि पेश हुन नसकेको बताइएको छ ।

हालसम्म बोल्ने अधिकांश नेताहरुले आगामी मंसिरमै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077