Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन पक्षधरले भने- केन्द्रीय कार्यसमिति आफ्नो म्याद थप्नतर्फ उद्धत रहेको प्रष्ट देखिन्छ

कांग्रेस विशेष महाधिवेशन पक्षधरले भने- केन्द्रीय कार्यसमिति आफ्नो म्याद थप्नतर्फ उद्धत रहेको प्रष्ट देखिन्छ

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले अहिलेको केन्द्रीय समितिको म्याद थप्न नहुने बताएका छन्।

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान नै चलाएका समूहलाई साथमा राखेर आइतबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य गुरु घिमिरे, मनोजमणि आचार्य लगायतले केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा केन्द्रीय समिति बैठक लम्ब्याएको आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै आचार्यले समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्न खोजिएको बताए।

उनले भने- 'असोज २८ बाट प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक विनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक छठपछि अर्थात् कात्तिक १३ पछि मात्र डाकिएको र कहिले सकिने समेत टुङ्गो नभएकाले वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्धत रहेको प्रष्ट देखिन्छ । वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक छ।'

राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको बेला बिलम्ब गर्ने, अल्मलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्ने छुट नभएको उनले बताए।

आगामी फागुन २१ गते नेपाल सरकारबाट घोषित प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्ने उनले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077