Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस धनुषाका सभापति पंजियारसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कांग्रेस धनुषाका सभापति पंजियारसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

आइतवार , कार्तिक २, २०८२

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

धनुषा जिल्ला अदालतबाट असोज ३१ गते जिल्ला सभापति योगेन्द्र पंजियार र उनका छोरासहित ७ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

क्षिरेश्वरनाथ नगरपालिका वडा नं- ५ बस्ने सुशील कुमार चौधरीको जाहेरीका आधारमा क्षिरेश्वरनाथ-५ बस्ने यादव, उनका छोरा ३५ वर्षीय अमर पंजियार, ६० वर्षीय जिवछ मण्डल, मण्डलका छोरा ३८ वर्षीय कमल मण्डल धानुक, अर्का छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय निरज मण्डल र क्षिरेश्वरनाथ १ रमदैया बस्ने ३८ वर्षीय उमेश यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

केही महिनाअघि नालाको विषयमा नेपाली कांग्रेस र नेकपा एमाले समर्थित स्थानीय नेताहरूबीच कुटाकुट भएको थियो। दुवै पक्षले एक अर्का विरुद्ध जाहेरी दिएका थिए।

नेकपा एमालेका नेताहरू यसअघि नै अदालतमा उपस्थित भएपनि कांग्रेस पक्ष अनुपस्थित भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

पक्राउ पुर्जी तामेल गर्न पनि इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषालाई अदालतले भनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077