Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विपीन जोशीको शवलाई आजै सेनाको विमानले धनगढी पुर्‍याउने

विपीन जोशीको शवलाई आजै सेनाको विमानले धनगढी पुर्‍याउने

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले बन्धक बनाउँदा मारिएका नेपाली युवा विपीन जोशीको शव आज (सोमबार) नै उनको गृह जिल्ला कञ्चनपुर लगिने भएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, आज अपराह्न ४ बजेपछि विपीनको शवलाई सेनाको विमान (स्काई ट्रक) मा राखी धनगढी विमानस्थलसम्म लगिनेछ ।

इजरायलबाट विपीनको शव आज दिउँसो २ बजेतिर काठमाडौं पुर्‍याइँदै छ । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनलाई श्रद्धाञ्जली दिने कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो साढे २ बजे विमानस्थल पुगी विपीनलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ । विमानस्थलमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि विपीनको शवलाई सेनाको स्काई ट्रकमा राखी धनगढी लगिनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077