Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विपीनको गृहनगरमा शवयात्रा सुरु

विपीनको गृहनगरमा शवयात्रा सुरु

मंगलवार , कार्तिक ४, २०८२

काठमाडौं । कञ्चनपुरका विपीन जोशीको गृहनगरमा शवयात्रा सुरु भएको छ ।

अन्त्येष्टिअघि भीमदत्त नगरपालिकाबाट केहीबेर अघि विपीनको शवयात्रा सुरु गरिएको हो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत पनि सहभागी छन् ।

विपीनको महाकाली नदीको भुजेला घाटमा आज अन्त्येष्टि गरिँदै छ । राष्ट्रिय सम्मानसहित विपीनको अन्त्येष्टि गरिनेछ । सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ ।

अध्ययनका लागि इजरायल पुगेका विपीनको २०२३ अक्टुबर ७ मा हमासको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । उक्त आक्रमसँगै उनको अवस्था अज्ञात रहेको थियो ।

असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु भएको पुष्टि गरेका थिए । विपीनको शव सोमबार काठमाडौं ल्याइएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077