Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री अर्याललाई बर्खास्त गर्न एमाले नेताको माग

गृहमन्त्री अर्याललाई बर्खास्त गर्न एमाले नेताको माग

सोमवार , कार्तिक ३, २०८२

काठमाडौंं। नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले गृहमन्त्री ओमप्रकाश अर्याललाई बर्खास्त वा उनको मगजको राम्रो उपचार गर्न माग गरेका छन्।

आचार्यले आज सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो भनेका हुन् ।

उनले लेखेका छन्- 'हिजो गृहमन्त्री ओमप्रकाश अर्यालले गृहमन्त्रालमा भने छन् भागेका कैदीबन्दीलाई राजनीतिक गतिविधि वा सरकार र व्यवस्था विरोधी क्रियाकलापमा प्रयोग नगर्ने भनेर राजनीतिक दलले घोषणा गर्नुपर्ने माग गरे छन्। लुटेका हतियार, गोलीगठ्ठा र प्रहरीको पोसाक ओमप्रकाश अर्यालले संचालन गर्ने गिरोहसंग छन्। भागेका कैदीबन्दी उनको सम्पर्कमा भएको तथ्य छोप्न दलहरुलाई स्वघोषण गर्ने फतुर जारी गरेछन्। उनको यो अभिव्यक्ति खेदजनक छ।'

अर्यालका निरन्तरका अभिव्यक्ति र क्रियाकलापहरू मुलुकमा हिंसा भड्काउने दिशामा उद्धत रहेको उनको भनाइ छ।

'शान्ति सुरक्षा कायम गर्न र फागुन २१ मा चुनाव गराउने कार्यादेशमा जाने हो भने सुशीला श्रीमानको सरकारले गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्छ वा निजको मगजको राम्रो उपचार गर्नुपर्ने देखियो।' आचार्यले भनेका छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077