Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

टिकटकर आँचल नाथ मृत्यु प्रकरण: आत्महत्या दुरुत्साहनमा ५ जनाविरुद्ध मुद्दा दर्ता

टिकटकर आँचल नाथ मृत्यु प्रकरण: आत्महत्या दुरुत्साहनमा ५ जनाविरुद्ध मुद्दा दर्ता

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । टिकटकर आँचल नाथको मृत्यु प्रकरणमा जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा उक्त मुद्दा दायर गरिएको हो।

दायर गरिएको मुद्दामा नरेफाँटका २६ वर्षीय सञ्जु विक, अनु भनिने उर्मिला विक, सरु भनिने सरस्वती भण्डारी, २२ वर्षीय राजेश बुढा र लक्ष्मी बुढालाई प्रतिवादी बनाइएको छ ।

उनीहरूमध्ये सञ्जु विक मात्र पक्राउ परेका छन् भने बाँकीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

२१ वर्षीया नाथ पछिल्लो दुई वर्षदेखि भक्तपुरको थिमिमा डेरा लिएर बस्दै आएकी थिइन् । केही म्युजिक भिडियोमा देखिएकी आँचल मोडलिङमा समेत सक्रिय थिइन् ।

अहिले प्रतिवादी बनाइएका व्यक्तिहरुसँग उनको टिकटकमार्फत नै चिनजान भएको थियो ।
टिकटक लाइभमै विवाद भएको त्यसपछि ज्यान मार्नेसम्मको धम्की आएको दाबी गरिएको छ । विवाद भएपछि ९ असोजसमा सञ्जु विकलाई बोलाएर छलफल गर्दा उल्टै ज्यान मार्नेसम्मको धम्की आएको दाबी नाथका काकाले गरेका थिए । सोहीअनुसार उनले प्रहरीमा जाहेरी पनि दिएका थिए ।

धम्की आएको भनिएकै दिन नाथ जलेको अवस्थामा कोठामा भेटिएकी थिइन् । उद्धार गरेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । दुई दिनपछि  उनको मृत्यु भएको थियो ।

प्रहरीले गरेको अनुसन्धानमा आफैंले पेट्रोल छर्केर आगो लगाएको खुलेपनी धम्की दिनेहरुविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा चलाउनु पर्ने राय दिएको थियो ।

सोही अनुसार अहिले उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077