Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

काभा कपमा माल्दिभ्समाथि नेपालको जित

काभा कपमा माल्दिभ्समाथि नेपालको जित

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । बंगलादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ ।

बंगलादेशको ढाकास्थित इन्डोर हलमा आज भएको तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । यस जितसँगै तीन खेलमा नेपालले चार अ‌क बटुलेको छ।

नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१८ ले जितेको छ ।

यसअघि पहिलो खेलमा तुर्कमेनिस्तान र दोस्रो खेलमा बंगलादेशसँग नेपाल पराजित भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077